दफा ६
सदस्यको योग्यता
सदस्य हुनका लागि देहायबमोजिमको योग्यता पुगेको हुनुपर्नेछः
(क) कानून सदस्यको लागि जिल्ला अदालतको न्यायाधीश भैरहेको वा भैसकेको वा हुन योग्यता पुगेको व्यक्ति,
(ख) बैंकिङ्ग सदस्यको लागि अर्थशास्त्र वा वाणिज्यशास्त्रमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी प्रचलित कानूनबमोजिम स्थापना भएको बैंक वा वित्तीय संस्थको कम्तीमा द्वितीय श्रेणीको अधिकृत स्तरको पदमा दश वर्षको अनुभव प्राप्त व्यक्ति,
(ग) लेखा सदस्यको लागि वाणिज्यशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी वा चार्टर्ड एकाउण्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरी कम्तीमा “ख” श्रेणीको लेखापरीक्षकको प्रमाणपत्र प्राप्त गरी बैंकिङ्ग वा वित्तीय क्षेत्रको लेखापरीक्षण सम्वन्धी काममा कम्तीमा दश वर्षको अनुभव प्राप्त व्यक्ति ।